Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 13, 2013
नयाँ वर्षक २०७० को उपलक्ष्यमा नेपाली कांग्रेसका सभापतिद्वारा शकामना व्यक्त

 

चैत्र ३१, २०६९

 

नयाँ वर्षको हार्दिक
शुभ–कामना

नयाँ वर्ष २०७० को पूर्व सन्ध्यामा म सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।
प्रत्येक नयाँ वर्षले हामी सबैलाई विगतका सबै कुराहरुलाई केलाएर, तिनीहरुको विश्लेषण गरेर, आगामी दिनलाई देश र जनताको हितमा सवल पार्दै जाने प्रेरणा दिन्छ । नव वर्षमा सम्पूर्ण नागरिकले जिउधनको सुरक्षा, प्रेस स्वतन्त्रता, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिकाको अनुभूति, दण्डहिनताको अन्त्य र जवर्जस्ती कब्जा सम्पत्ति फिर्ता र द्वन्द पीडित एवं विस्थापितहरुको पुनस्र्थापना जस्ता ज्वलन्त समस्याको समाधान भएको अनुभव गर्न पाउनु पर्दछ । यसका लागि सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुको सहयोग, एकता र दृढ संकल्पको खाँचो छ । 
नयाँ वर्ष २०७०— साझा पहिचान र सामथ्र्यका आधारमा संघीयता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्ने गुरुत्तर जिम्मेवारीलाई पूरा गरेर मुलुकलाई अग्रगामी दिशातिर उन्मुख गराउन सफल होस् । नेपाली जनताको इच्छा र चाहना दिगो शान्ति, समुन्नत र समृद्ध राष्ट्र निर्माण रहेको छ । भर्खरै नवलपरासीमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकले पनि यिनै कुराहरुको उठान गरेको छ । यस लक्ष्यलाई सफल बनाउन हामी सबैलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् भन्दै नयाँ वर्षको यो पुनित अवसरमा देशभित्र वा वाहिर जहाँ रहेका भए पनि, म आफ्नो र नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्र्दछु ।
जय नेपाल !


 सुशील कोइराला
 सभापति


 

Share on Facebook

Attachments#
No files