Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 18, 2011
मंसिर १६, २०६७

मंसिर १६, २०६७
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । २०६७ मंसिर १२ देखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आजसम्म पदाधिकारी एवं सदस्यहरु गरी ५८ जनाले आ–आफ्नो धारणा राख्नु भएको थियो । आजको बैठकमा— महेश आचार्य, नरेन्द्रविक्रम नेम्वाङ, डा. शशांक कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शेखर कोइराला, अजयकुमार चौरसिया, पुष्पा भुसाल, किशोरसिंह राठौर र सीता गुरुङले बोल्नु भएको थियो । राष्ट्रिय महत्वका विषय एवं संविधानसभा व्यवस्थापिका संसद बारे रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजालले जानकारी गराउनु भएको थियो । त्यसैगरी सार्वजनिक महत्वका विषयमा अर्जुननरसिंह के.सी., दीपकुमार उपाध्याय, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, मनमोहन भट्टराई, धनराज गुरुङ र गगन थापाले बैठकको ध्यानाकर्षण गर्नु भएको थियो ।

बैठकका निर्णयहरु निम्न बमोजिम रहेका छन् ।
(१) विगत केही समयदेखि पार्टीहरुका माझमा विद्यमान रहेको संवादहीनता तत्काल अन्त्य गर्दै मुलुकको शान्ति प्रकृया र संविधान निर्माणको प्रकृयालाई गति प्रदान गर्न सबै राजनीतिक दलहरुसँग अविलम्व सार्थक वार्ता थाल्ने निर्णय गर्दछ ।
(२) गत मंसिर २ गते व्यवस्थापिका संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न लाग्दा अर्थमन्त्री र ऊर्जा मन्त्री माथि एकीकृत नेकपा (माओवादी) का सांसदहरुद्वारा भएको भौतिक आक्रमण एवं तोडफोडको घटनालाई यो बैठक घोर भत्र्सना गर्दछ । उक्त घट्नामा संलग्न माओवादी सांसदहरु माथि अविलम्व कारवाहीको मांग गर्दछ ।
(३) अन्त गरिएको व्यवस्थापिका संसदको अधिवेशन अविलम्व बोलाई सदनमा कायम रहेको प्रधानमन्त्रीको निर्विरोध घोषणा सम्बन्धी सर्वोच्चको फैसला अनुसार टुंगो लगाउन समेतका कार्यवाही अगाडि बढाउन मांग गर्दछ ।
(४) वर्दिया जिल्ला निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय कोषाध्यक्ष दलबहादुर गुरुङलाई अज्ञात समूहले गरेको हत्याको केन्द्रीय कार्यसमितिको यो बैठक घोर निन्दा र भत्र्सना गर्दछ । हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कार्वाही गर्न सरकारसंग मांग गर्दछ ।
(५) म्यानमारको प्रजातान्त्रिक आन्दोलनकी नेतृ आङ् साङ् सु की केही दिन अघि  नजरवन्दबाट मुक्त गरिनु भएकोमा कार्यसमितिको यो बैठक हार्दिक स्वागत गर्दै म्यानमारमा अब चाडै प्रजातन्त्रको स्थापना हुनेछ भन्ने नेपाली कांग्रेसले विश्वास लिएको छ ।
(६) माइती नेपालकी अध्यक्ष एवं समाजसेवी अनुराधा कोइरालालाई सी.एन.एन. हिरोको रुपमा गरिएको घोषणाले नेपाललाई गौरवान्वित बनाएकोमा उहाँलाई हार्दिक बधाई व्यक्त गर्दै सी.एन.एन.लाई धन्यवाद दिन चाहन्छ ।
(७) नेपाली कांग्रेस दाङका मुकुन्द गौतमलाई अज्ञात समूहले अपहरण गरी वेपत्ता बनाएको घटनाको यो बैठक घोर निन्दा र भत्र्सना गर्दछ । उहाँको स्थिति हालसम्म पनि अज्ञात रहेकोले खोजी गरी तत्काल स्थिति पत्ता लगाई सार्वजनिक गर्न नेपाली कांग्रेस सरकारसँग मांग गर्दछ ।

(८) शोक प्रस्ताव
(क)  नेपाली काँग्रेसका पूर्व महामन्त्री होराप्रसाद जोशीको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्वर्गीय जोशीले उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको छ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

(ख)  ओखलढुंगा जिल्ला रूम्जाटार गा.वि.स. तार्खु निवासी नेपाली कांग्रेसका पूर्व सांसद पेशलकुमार पोखरेल, तनहुँ जिल्लाको नेपाल भूतपूर्व सैनिक संघ, जिल्ला कार्यसमितिका सचिव क्या. विष्णुबहादुर आले, नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाका सदस्य धनजीत राना र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका निवर्तमान सदस्य सुनिलकुमार भण्डारीकी धर्मपत्नी चम्पा भण्डारी, सोलखुुम्बका जिल्ला सदस्य पहलमान कार्की, पर्वत वहाकी गाउँ कार्यसमितिका सभापति हिमलाल भुसाल र टकलाक गाउँ समितिका सभापति डिल्लीराम न्यौपानेको निधन प्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

रामचन्द्र पोखरेल
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files