Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 15, 2013
नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको सम्मान कार्यक्रम


जेठ १, २०७०
हार्दिक आमन्त्रण

 नेपाली कांग्रेस केन्द्रीय खेलकूद विभाग स्थापनादेखि नेपालको खेल क्षेत्रमा आवद्ध खेलाडीहरुको हक अधिकारका निम्ति निरन्तर क्रियाशील छ । यसै सन्दर्भमा हाल बर्मुडामा सम्पन्न विश्व क्रिकेट डिभिजन—३ मा नेपाली राष्ट्रिय खेलाडीहरुद्वारा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरी विश्व क्रिकेट डिभिजन—२ मा स्थान बनाउन सफल भएकोमा नेपाली कांग्रेस केन्द्रीय खेलकूद विभागको आयोजनामा नेपाली कांग्रेसका सभापति श्री सुशील कोइरालाज्यूको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसद्वारा भोलि २०७० जेठ २ गते दिनको २ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुको सम्मान कार्यक्रम गर्ने भएकोले उक्त सम्मान कार्यक्रममा समाचार संकलन तथा प्रसारणका लागि उपस्थित भई सहयोग गरिदिनु हुन हार्दिक आमन्त्रण गरिन्छ ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव

 

Share on Facebook

Attachments#
No files