Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 20, 2013
जेठ १० गते पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १२ः३० बजे राष्ट्रिय समता दिवस मनाइदै

जेठ ६, २०७०
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा हिजो जेठ ५ गते पार्टीको केन्द्रीय कार्यालयमा उपत्यकाका तीन वटै जिल्लाका सभापतिहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरु तथा जिल्लाका काठमाडौँ सम्पर्क समितिका सभापतिहरुको संयुक्त बैठक बस्यो । उक्त बैठकले नेपाली कांग्रेसको चाहना जातीय भेदभाव र छुवाछुत रहित समाजको स्थापना नाराका साथ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको प्रमुख आतिथ्यतामा पार्टीको केन्द्रीय कार्यालयमा आगामी जेठ १० गते दिउँसो १२ः३० बजे राष्ट्रिय समता दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । 

नेपालमा दलितको मुक्तिको निमित्त सशस्त्र आवाज उठाउने मात्र हैन, छुवाछुत र विभेदका विरुद्ध व्यवहारिक क्रान्तिको शुरुवात गर्ने पहिलो पार्टी नेपाली कांग्रेस नै
हो । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनद्वारा पारित नेपाली कांग्रेसको नीति र कार्यक्रममा प्रत्येक वर्ष जेठ १० गतेका दिन छुवाछुत र विभेदका विरुद्ध सचेतना कार्यक्रम संचालन गरी राष्ट्रिय समता दिवस मनाउने उल्लेख भए बमोजिम नेपाली कांग्रेसको जिल्ला, क्षेत्र, नगर र गाउँ तहका कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाले छुवाछुत र भेद्भावका विरुद्ध अभियान संचालन गर्न तथा पार्टीका सबै निकायहरुमा आगामी जेठ १० गतेका दिन राष्ट्रिय समता दिवस भव्यताका साथ मनाउन केन्द्रले सबै जिल्लाहरुलाई केन्द्रले परिपत्र गरिसकेको
छ ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव


 

Share on Facebook

Attachments#
No files