Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 27, 2013
रुपन्देहीका महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद यादवको निधन प्रति कांग्रेसद्वारा दुःख व्यक्त


जेठ १३, २०७०
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि ५८ वर्षीय राजेन्द्रप्रसाद यादवको हिजो जेठ १२ गते उपचारका क्रममा भारतको लखनउ स्थित अस्पतालमा निधन भयो । स्वर्गीय यादव मृगौलाको समस्याबाट पीडित हुनुहुन्थ्यो । नेपाली कांग्रेसको पूर्व महासमिति सदस्य र जिल्ला कार्यसमिति रुपन्देहीको सदस्य भएर पार्टीको संगठन विस्तारमा तथा रुपन्देहीको धकधई गा.वि.स.मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा निर्वाचित भएर त्यहाँको विकासमा स्व. यादवले उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । राष्ट्रियता र प्रजातन्त्रमा आस्था राख्नु हुने
स्व. यादव विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा आवद्ध भएर देशमा प्रजातन्त्र स्थापनाको संघर्षमा प्रतिवद्धताका साथ संलग्न हुनुहुन्थ्यो । उहाँ पटक–पटक जेल समेत पर्नु भएको थियो ।
 उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । राजेन्द्रप्रसाद यावदको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति भएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।


चिनकाजी श्रेष्ठ
मुख्य सचिव

 

Share on Facebook

Attachments#
No files