Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 18, 2013
सुदुरपश्चिमाञ्चल क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिप्रति सभापति श्री सुशील कोइरालाद्वारा दुःख व्यक्त

आषाढ ०४, २०७०
प्रेस विज्ञप्ति

सुदुर पश्चिमाञ्चल क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण महाकाली नदिमा भिषण वाढी आउदा दार्चुला जिल्ला सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रहरुमा पु¥याएको जनधनको ठूलो क्षतिप्रति म गहिरो दुःख प्रकट गर्दछु । यस प्राकृतिक विपद्मा परी असामयिक निधन हुनु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु । साथै, घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

महाकाली नदीमा आएको विनासकारी वाढीका कारण दार्चुला जिल्ला सदरमुकाम खलंगाको नेपाली भूमि कटान हुँदा कैयन सरकारी भवन तथा नीजि घर तथा अनेक भौतिक संरचनाहरु ध्वस्त हुन गई ठूलो संख्यामा स्थानियवासीहरु हराई रहेका तथा विस्थापित भएका छन । यसर्थ, हराईरहेकाहरुको तत्काल खोजी तथा उद्धार र विस्थापित भएकाहरुलाई तत्काल पुर्नस्थापित गर्न, साथै, घाईतेहरुको स्वास्थ्य उपचार, मृतकका पीडित परिवारहरुलाई तत्काल राहत एवं क्षतिपूर्ति उपलव्ध गराउन र यस प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न तथा रोक्न यथासम्भव सम्पूर्ण आवश्यक उपायहरु अवलम्वन गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु ।  प्राकृतिक विपदको यस घडिमा सम्पूर्ण राजनीतिक दल, सरोकारवाला निकायहरु, सरकारी तथा गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु आपसमा एकजुट भई वाढी पीडितहरुको उद्धार एवं सहयोगमा अग्रसर हुन अनुरोध गर्दछु । साथै, नेपाली कांग्रेसका स्थानिय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परिवारहरुको उद्धार गर्न, राहत उपलव्ध गराउन तथा आवश्यक सहयोग गर्न सक्रिय रहन निर्देशन गर्दछु ।

सुशील कोइराला
सभापति
 

Share on Facebook

Attachments#
No files