Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 19, 2013
कालिकोट लगायत देशका विभिन्न भागहरुमा बाढी पहिरोबाट ज्यान गुमाएनु परेकोमा नेपाली कांग्रेसद्वारा दुःख व्यक्त


असार ५, २०७०
प्रेस विज्ञप्ति

केही दिनदेखि देशका विभिन्न भागहरुमा परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परि धेरैले ज्यान गुमाउनु परेको छ, जनधनको ठूलो क्षति भएको छ, धेरै व्यक्तिहरु हराइरहेका छन् र ठूलो संख्यामा परिवारहरु विचल्लीमा परेका छन् । कालिकोटमा १२ जना, दैलेखमा ७ जना, बैतडीमा ४ जना, कञ्चनपुरमा २ जना, अछाममा २ जना, दार्चुला, डोल्पा र रुपन्देहीमा एक÷एक जनाको अकालमा मृत्यु भैसकेको छ । अझै कति जना मृत्यु भएका छन् र कति हराइरहेका छन् यकिन तथ्याङ्क आउन सकेको छैन । विद्युत गृह, सडक, घरहरुमा क्षति पुगेको छ, संचार सम्पर्क विच्छेद भएको छ, यातायात अवरुद्ध भएका छन् । पीडित व्यक्तिहरुको जनजीवन अस्तव्यस्त भएको छ ।
 यस विपतिबाट भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । हराइरहेकाहरुको तदारुकताका साथ खोजी गर्न र राज्यका सम्पूर्ण निकायहरु परिचालन गरी अविलम्व उद्धार कार्यलाई प्रभावकारी बनाउन, घरवारविहिन अवस्थामा पुगेका पीडित परिवारहरुको खाने र बस्ने प्रबन्ध गर्न, घाइतेहरुको उपचारको प्रबन्ध गर्न, मृतक परिवारलाई उचित राहत दिन सरकारसँग नेपाली काँग्रेस माग
गर्दछ । नेपालले बेहोर्नु परेको यो एक ठूलो दैवी विपत्ति हो । यसप्रति संवेदनशील र सहानुभूतिशील भएर पीडित परिवारहरुलाई उद्धार, राहत र सहयोग गर्न सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।
देशका विभिन्न भागहरुमा भएको बाढी पहिरोका कारण मृत्युवरण गर्न पुगेका सम्पूर्ण व्यक्तिहरुप्रति नेपाली कांग्रेस श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै, अकालमा आफ्ना परिवारका सदस्यहरुलाई गुमाउने सम्पूर्ण शोक सन्तप्त परिवारहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ ।

चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files