Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 21, 2013
दैवी प्रकोप सहयोगार्थ सभापति श्री सुशील कोइरालाद्वारा हार्दिक आह्वान

 

असार ७, २०७०

दैवी प्रकोप सहयोगार्थ हार्दिक आह्वान

विगत केही दिन यता आएको अविरल वर्षाका कारण सुदूरपश्चिमको महाकाली नदीमा आएको भीषण बाढी पहिरोबाट मुख्यतः दार्चुलाका साथै बैतडी, डडेल्धुरा, कञ्चनपुरमा र वर्षा, बाढी पहिरोबाट अन्य जिल्लाहरु— अछाम, डोटी, कैलाली, बझाङ, बाजुरा, वर्दिया, कालिकोट, दैलेख, डोल्पा, रुपन्देही लगायतका जिल्लाहरुमा समेत भएको व्यापक जनधनको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख र सहानुभूति प्रकट गर्दछ । मृत्युवरण गर्नेहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति साहस र धैर्य पूर्वक विपतिको सामना गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । आकस्मिक विपतको यस दुःखद घडीमा सम्पूर्ण प्रभावितहरुप्रति पार्टी आफ्नो साथ सहयोग र ऐक्यवद्धता जाहेर गर्दछ । बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा अहोरात्र संलग्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत विभिन्न संघ संस्था र पार्टी कार्यकर्ताहरु एवं भ्रातृ संस्थाका सदस्यहरुलाई पार्टी धन्यवाद दिन चाहन्छ र क्षतिको यथार्थ विवरण संकलन, राहत वितरण एवं समग्र उद्धार कार्यमा आफ्नो स्थानीय तहमा थप सक्रियतापूर्वक खट्नका लागि पनि सम्पूर्ण नेता एवं कार्यकर्ताहरुमा पार्टी पुनः आग्रह गर्दछ । अकल्पनीय दैवीय विपदको यस अवस्थामा प्रभावित परिवारहरुलाई राहत स्वरुप मानवीय सहयोग पु¥याउनका लागि नेपाली कांग्रेस आफ्नो पार्टीका स्वदेश र विदेशमा रहेका सम्पूर्ण क्रियाशील सदस्यहरुलाई न्यूनतम रु. ५०।– अनिवार्य रुपमा र बाँकी स्वेच्छापूर्वक खुला हृदयले सहयोग गर्न तथा सहयोग गर्न इच्छुक अन्य सर्वसाधारण महानुभावहरुलाई समेत स्वेच्छिक सहयोग रकम नेपाली कांग्रेस बाढी पीडित केन्द्रीय सहयोग समितिको नाममा रहेको नेपाल बैंक लि., कुपण्डोलको चल्ती खाता नं. १३५—११—१००७५ मा जम्मा गर्नु हुन हार्दिक आह्वान र अनुरोध गर्दछु ।

 

 सुशील कोइराला
 सभापति

 

Share on Facebook

Attachments#
No files