Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 21, 2013
नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशबहादुर भण्डारी नेकपा माओवादीको आक्राणबाट गम्भीर घाइते

 श्रावण ५, २०७०
प्रेस विज्ञप्ति
 
गत श्रावण ३ गते राति ९ः०० बजे तिर बझाङ्ग जिल्ला क्षेत्र नं. २ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्री गणेश बहादुर भण्डारीलाई आफ्नो घर जादै गर्दा बाटोमा ने.क.पा. माओवादी वैद्य समुहका नेता धन बहादुर मल्लको निर्देशनमा उनका भाई, छोरा लगायत केही व्यक्तिहरुले खुकुरी जस्ता धारिलो हतियार प्रयोग गरी ज्यानै मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेका छन् । टाउँको, घाटी, खुट्टामा खुकुरीले प्रहार गर्दा बायाँ आखा नै फुटेको र शरीरका विभिन्न अंगहरु काटिएकोले निज गणेश बहादुर भण्डारी मरणासन्न अवस्थामा रहनु भएको छ । उहाँको त्रि.वि.शिक्षण अस्पतालमा उपचार हुँदैछ । 
पुरानै युद्ध शैलीमा यो बर्बरपूर्ण तथा नृशंश आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा गर्दछ । 
यस आततायीपूर्ण घटनामा संलग्न अपराधीहरुलाई तुरुन्त पक्राउ गरी अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकारसँग जोडदार मांग गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files