Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 26, 2013
नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा श्रावण १२, १३, १४ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचलागन गर्ने

 श्रावण ११, २०७०
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले श्रावण १२, १३ र १४ गते सञ्चालन गर्ने प्रशिक्षक प्रशिक्षण ९त्चबष्लष्लन या त्चबष्लभचक, त्इत्० कार्यक्रमको तयारी पुरा गरेको छ । प्रशिक्षक प्रशिक्षण कार्यक्रम यही श्रावण १२ गतेदेखि केन्द्रीय कार्यालय बी.पी. नगर, ललितपुरमा तीन दिनसम्म संचालन हुनेछ । 
 
आगामी मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई ध्यानमा राखी पचहत्तरै जिल्लाका २ सय ४० निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमका बारेमा सुसुचीत गर्नेगरी निम्म बामोजिमको विषयमा छलफल हुने भएको छ । 
 
१. समसामयिक राजनीतिक सवालहरुमा नेपाली कांग्रेसको दृष्टिकोण
२. नेपाली कांग्रेस र अन्य दलविचको भिन्नता (सैद्धान्तिक र व्यवहारीक)
३. भावी निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तु
 
उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि देशका सवै जिल्लाहरुवाट झण्डै तीन सय कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ । प्रशिक्षक प्रशिक्षण लिइसकेपछि तयार हुने प्रशिक्षकहरुले देशव्यापी रुपमा आफूलाई तोकिएको जिल्ला एवं निर्वाचन क्षेत्रमा प्रशिक्षण संचालन गरी पार्टी संगठनलाई शसक्त र गतिशिल बनाई नेपाली कांग्रेस पार्टीलाई आगामी संविधानसभाको निर्वाचनमा अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 
 
पुनश्च ः उक्त कार्यक्रमको समुद्घाटन कार्यक्रमको समाचार संकलन गरी सम्प्रेषण समेत गरी सदाझै सहयोग पु¥याउन हुन अनुरोध गरिन्छ ।
 
दिन ः श्रावण १२ गते
समय ः ११ः०० बजे
स्थाना ः नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files