Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
CWC Press Release
Jun 18, 2011
फागुन १९, २०६७

फागुन १९, २०६७
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । आजको बैठकमा केन्द्रीय कार्यसमितिका सदस्यहरु— रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा र गगन थापाले बोल्नु भएको थियो ।

बैठकका निर्णयहरु निम्न बमोजिम रहेका छन् ।
(१) नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा विगत केही दिनदेखि गम्भीर समस्या देखिएकोले काठमाडौंको नर्भिक अस्पतालमा सघन उपचार भैरहेको छ । केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
(२) देशको वर्तमान राजनीतिक परिस्थिति, गतिविधि र जिम्मेवार शक्तिहरुका गैर जिम्मेवार अभिव्यक्ति र विकसित राजनीतिक घटनाक्रम प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली जनताले ६ दशक अघिदेखि लोकतन्त्रका लागि गर्दै आएको संघर्ष र ऐतिहासिक जनआन्दोलनका उपलब्धी तथा विश्वव्यापी रुपमा स्वीकृत लोकतन्त्र र लोकतान्त्रिक आदर्श र मूल्यहरु माथि चुनौतीहरु खडा भएका छन् । यस्ता चुनौति र संकटपूर्ण अवस्थामा नेपाली कांग्रेस मुकदर्शक भएर रहन सक्तैन ।
शान्ति प्रकृया टुङ्गोमा पु¥याउनु र वैज्ञानिक रुपबाट राज्यको पुनःर्संरचना गर्नु संविधान निर्माणका अभिन्न अंग हुन् । यी कुरामा आलटाल गर्नु र पछि धकेल्न खोज्नु संविधान निर्माणमा गम्भीर अवरोध खडा गर्नु हो ।
समयमै संविधान निर्माण गर्नु अहिलेको मूल प्रश्न हो भने त्यसका लागि देशलाई हिंसाको छायाबाट मुक्त गर्न माओवादी लडाकूहरुको समायोजन र पुनस्र्थापना, द्वन्दकालमा कब्जा गरिएका सम्पत्ति फिर्ता, द्वन्द पीडितहरुको व्यवस्थापन र समग्र शान्ति प्रकृयाको इमान्दारीपूर्ण पालना, वाइसिएलको अर्धसैनिक संरचनाको समाप्ति नै संविधान निर्माणका पूर्वाधार तयार हुनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेस दृढ छ ।
तसर्थ, लोकतन्त्रको संरक्षण र सम्वद्र्धनका खातिर शान्ति प्रकृयालाई अन्तिम निष्कर्षमा पु¥याई लोकतान्त्रिक संविधान निर्माण सम्पन्न गर्न शान्ति र लोकतन्त्रका पक्षधर सबै राजनीतिक दल र पक्षहरुसँग पार्टीका तर्फबाट गम्भीर वार्ता तत्काल प्रारम्भ गर्न यो बैठक निर्णय गर्दछ ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०६७ फागुन २० गते विहान ११ः०० बजे पुनः बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files