Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 27, 2013
चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलामाथिको आक्रमणप्रति नेपाली कांग्रेसको घोर निन्दा र भत्र्सना

 श्रावण १२, २०७०
प्रेस विज्ञप्ति
 
चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमिराज निरौलालाई हिजो श्रावण ११ गते विहान काठमाडौँको तिनकुनेमा नेकपा–माओवादी भनिने व्यक्तिहरुले सांघातिक आक्रमण गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 
लोकतन्त्रमा सबै नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको हुन्छ । स्वतन्त्र र निर्भयताका साथ आफ्ना विचारहरु राख्न पाउने नागरिकको संविधानप्रदत अधिकारमाथिको प्रहारको रुपमा यस घटनालाई नेपाली कांग्रेसले लिएको छ । कुनै पनि राजनीतिक दलको नेता वा कुनै पनि व्यक्तिमाथि हुने यस्ता घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, घटनामा संलग्न दोषीलाई कानूनी कार्वाहीका लागि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
 
Share on Facebook

Attachments#
No files