Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 30, 2013
भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि गठित निर्देशन समिति को बैठक आज बस्यो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ ।

 श्रावण १५, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरु डा. प्रकाशशरण महत, नविनराज जोशी र बद्री पाण्डे सदस्य रहनु भएको भ्रातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि गठित “निर्देशन समिति” को बैठक आज बस्यो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ । 
 
१. तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्ने । 
२. उक्त महाधिवेशन सम्पन्न गर्नका लागि पार्टी, भ्रातृ संस्थाहरु तथा सरोकारवाला सबै निकायहरुले आ–आफ्नो स्थानबाट इमान्दारीपूर्वक सक्रिय रही महाधिवेशन सम्पन्न गर्नका लागि सहयोग पु¥याउन आह्वान गर्ने । 
३. केन्द्रीय प्रतिनिधिहरुलाई दिएको विशेष निर्देशन “आचार संहिता” को पूर्ण पालना गराउनको लागि निर्देशन गर्ने र आचार संहिताको उल्लंघन गरेमा उल्लंघनकर्ता सजायको भागी हुने समेत जानकारी गराउने । 
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files