Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 30, 2013
श्रावण २० गतेदेखि नेपाली कांग्रेसले पार्टीका जिल्ला, क्षेत्र, नगर, गाउँ, मतदान केन्द्रमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

 श्रावण १५, २०७०
प्रेस विज्ञप्ति
 
 
२०७० मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले श्रावण १२ गतेदेखि पार्टीको केन्द्रीय कार्यालयमा संचालन गरेको प्रशिक्षक प्रशिक्षण ९त्चबष्लष्लन या त्चबष्लभचक, त्इत्० कार्यक्रम आज सम्पन्न भएको छ । समसामयिक राजनीतिक सवालहरुमा नेपाली कांग्रेसको दृष्टिकोण; नेपाली कांग्रेस र अन्य दलविचको भिन्नता (सैद्धान्तिक र व्यवहारीक) तथा भावी निर्वाचन तयारी र नयाँ संविधानको विषयवस्तुमा केन्द्रित भएर ४ दिनसम्म उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । 
 
पार्टी संगठनलाई शसक्त र गतिशिल बनाई नेपाली कांग्रेस पार्टीलाई आगामी संविधानसभाको निर्वाचनमा अग्रस्थानमा पु¥याउन यो प्रशिक्षण महत्वपूर्ण रहेको छ । यस कार्यक्रममा सहभागी प्रशिक्षकहरुले पार्टीले खटाएको जिल्लामा आगामी श्रावण २० गतेदेखि कार्य प्रारम्भ गर्नेछन् । जिल्लामा खटिई आउनु भएका प्रशिक्षकहरुसँग समन्वय गरी आफ्नो जिल्ला, क्षेत्र, नगर, गाउँ, मतदान केन्द्रसम्म प्रशिक्षणको कार्यक्रम संचालन गर्न नेपाली कांग्रेसले सबै जिल्ला कार्यसमितिहरुलाई निर्देश गरेको छ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files