Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 08, 2013
सभापति श्री सुशील कोइराला भारत भ्रमण समाप्त गरी श्रावण २५ गते काठमाडौँ फर्कदै

 श्रावण २४, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम समाप्त गरी भोलि २०७० श्रावण २५ गते शुक्रबार (तदनुसार अगस्त ९, २०१३) का दिन दिउँसो २ः१० बजे भारतको राजधानी दिल्लीबाट काठमाडौँ आइपुग्नु हुने कार्यक्रम रहेको छ । उहाँसँगै भारत भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सभापति कोइरालासँगै भोलि नै काठमाडौँ फर्कनु हुने कार्यक्रम रहेको छ । साथै, सभापति कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकाल पनि उहाँहरुसँगै फर्कदै हुनुहुन्छ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files