Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 27, 2013
नेपाल सरकारका पूर्व सहसचिव हरिओमप्रसाद श्रीवास्ताव नेपाली कांग्रेसमा प्रवेश

 भाद्र ११, २०७०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आजै नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका नेपाल सरकारका पूर्व सहसचिव हरिओमप्रसाद श्रीवास्तावलाई एक कार्यक्रमका बीच पार्टीको साधारण सदस्यता प्रदान गर्नु भएको छ । रौतहट जिल्ला गौर नगरपालिका वडा 
नं. ८ निवासी श्रीवास्तव भौतिक योजना मन्त्रालयमा सहसचिव हुनुहुन्थ्यो । २०३६ मा इन्जिनियरबाट निजामती सेवामा प्रवेश गर्नु भएका श्रीवास्तव सडक विभागको महानिर्देशक र नेपाल इञ्जिनियर्स एशोसिएसनको प्रजातन्त्रवादी समूहबाट अध्यक्षको रुपमा निर्वाचित भई कार्य गरिसक्नु भएको छ ।  
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files