Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 28, 2013
नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका कोषाध्यक्ष हरि न्यौपानेको निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

 भाद्र १२, २०७०
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका कोषाध्यक्ष ४७ वर्षीय हरि न्यौपानेको पाल्पाको डुम्रे भन्ने स्थानमा मृत्यु भएको 
छ । सडकमा गुडिरहेको गाडीमाथि पहाडबाट खसेको ढुंगाले लाग्दा उहाँको मृत्यु भएको थियो । 

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्ति गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files