Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 28, 2013
२०७० भाद्र १३ गते केन्द्रीय कार्यसमतिको बैठक बस्ने

 भाद्र १२, २०७०
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा आज बस्यो । आजको बैठकमा राजनीतिक प्रस्तावका सम्बन्धमा छलफल भएको थियो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु— कुलबहादुर गुरुङ, डा. रामशरण महत, बलबहादुर के.सी., डा प्रकाशशरण महत, मीना पाण्डे, मानबहादुर विश्वकर्मा, प्रवक्ता दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, मो. आफ्ताव आलम, कृष्णचन्द्र नेपाली, कमला पन्त, धनराज गुरुङ, सिता गुरुङ, रामचन्द्र तिवारी र लक्ष्मी राईले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७० भाद्र १३ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files