Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 28, 2013
हाम्रो अपील

भाद्र १२, २०७०
हाम्रो अपील
 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान निर्माण गर्न, मुलुकमा विद्यमान अन्यौल समाप्त गरी राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रको रक्षा गर्दै राष्ट्रियताको सम्वद्र्धन गर्न र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराई आधुनिक नेपालको निर्माण गर्न नेपाली कांग्रेस आगामी २०७० मंसिर ४ (नोभेम्बर १९, २०१३) मा सम्पन्न हुने निर्वाचनमा सरिक भैरहेको छ ।  यो निर्वाचनमा नेपाली कांग्रेसको सफलताले नै लोकतान्त्रिक संविधानको निर्माण भई देशको समुन्नती सुनिश्चित हुनेछ । संघीयता, समावेशीता र गणतन्त्र संस्थागत हुनेछ । 
 
नेपाली कांग्रेस जनताकै सहयोग एवं सद्भावमा संचालित पार्टी भएको हुदा पार्टीलाई सफल बनाउन स्वदेश तथा प्रवासमा रहेका सम्पूर्ण शुभचिन्तक, समर्थक र सहयोगीहरुको महत्वपूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौं । सदाझै यसपाली पनि खुल्ला हृदयले पार्टीलाई आर्थिक सहयोग गर्नु हुनेछ र यसकालागि नेपाली कांग्रेसको बैंक खाताहरुमा सिधै सहयोग उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध गर्दछौं । तपाईको सहयोग निर्वाचन तथा पार्टी परिचालनकालागि पूर्ण पारदर्शी रुपमा उपयोग हुने कुरा समेत विश्वास दिलाउन चाहन्छौं । 
 
जय नेपाल !
 
       रामचन्द्र पौडेल                                              शेरबहादुर देउवा                                            सुशील कोइराला
        उप–सभापति                                                       नेता                                                       सभापति


(विस्तृतका लागि डोनेशन बक्समा क्लिक गर्नुहोस्)
 
 
 
 
 
Share on Facebook

Attachments#
No files