Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 29, 2013
नेपाली कांग्रेस रुकुमका नेता गोपालजीजंग शाह, प्रेमप्रकाश ओली सहितमाथि भएको आक्रमणको ने.कां. द्वारा घोर भत्र्सना र निन्दा

 भाद्र १३, २०७०
प्रेस विज्ञप्ति
 
रूकुमको छिवाङ गा.वि.स.मा चुनावी कार्यक्रममा जानु भएका नेपाली कांग्रेस रूकुमका नेताहरु गोपालजीजंग शाह, प्रेमप्रकाश ओली लगायतका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई वाइसिएलका मनोज के.सी.को नेतृत्वमा आएको समूहले हिजो राति ९ बजे आक्रमण गरेका छन् । गोपालजीजंग शाहको सुरक्षार्थ खटिएका पिएसओको पिस्तोल समेत उनीहरुले खोसेर लगेका छन् । 
शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि माओवादीले ठाडो हस्तक्षेप गरेको छ । एनेकपा माओवादी सम्वद्ध वाइसिएलका कार्यकर्ताहरुबाट भएको यस्तो अराजक र उच्छृखंल क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, यस्तो क्रियाकलाप पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । घटनामा संलग्न एनेकपा माओवादी सम्वद्ध वाईसिएलका कार्यकर्ताहरुलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files