Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 29, 2013
एनेकपा माओवादी नेवा राज्य समितिका सदस्य एवं पूर्व सैन्य कमाण्डर यमबहादुर थापा अरुण सहित ४४१ जना नेपाली कांग्रेसमा प्रवेश

 भाद्र १३, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एनेकपा माओवादी सम्वद्ध नेवा राज्य समितिका सदस्य एवं पूर्व सैन्य कमाण्डर यमबहादुर थापा ‘अरुण’ सहित बेराजगार युवा संघ नेपालका केन्द्रीय सदस्य जीतबहादुर के.सी., वाईसिएल काठमाडौँका सदस्य पंकज मल्ल, सुरेश गिरी लगायत विभिन्न जिल्लाका ४४१ जना एनेकपा माओवादीका कार्यकर्ताहरु नेपाली कांग्रेसमा आज प्रवेश गरेका छन् । गोरखा काठमाडौँ प्रजातान्त्रिक समाजको संयोजनमा भएको उक्त कार्यक्रममा यसरी प्रवेश गर्नेहरुमा गोरखा, लम्जुङ, रामेछाप, धादिङ, बाँके, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक मकवानपुर र झापाका एनेकपा माओवादीका कार्यकर्ताहरु हुनुहुन्छ । 
उक्त कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु तथा विभिन्न जिल्लाका नेपाली कांग्रेसका सभापति एवं नेताहरुको उपस्थिति रहेको थियो । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files