Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 29, 2013
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भाद्र १३, २०७० को बैठकको निर्णय

 
 
भाद्र १३, २०७०
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा आज बस्यो । आजको बैठकमा राजनीतिक प्रस्तावका सम्बन्धमा छलफल भएको थियो । केन्द्रीय सदस्यहरु— महेश आचार्य, दीपकुमार उपाध्याय, डा. मिनेन्द्र रिजाल, पदमनारायण चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, गगनकुमार थापा, सुजाता परियार र डिल्लीराज रेग्मीले आ–आफ्नो धारणा राख्नु भएको थियो । 
 
बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
 
१. २०६९ चैत्र २६–२९ गतेसम्म नवलपरासीको त्रिवेणीमा भएको नेपाली कांग्रेसको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिको बैठकबाट प्राप्त सुझावहरु समेत समावेश भई केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुन आएको राजनीतिक प्रतिवेदन सुझाव सहित सर्वसम्मतिले पारित भयो ।  
२. लोकतान्त्रिक नेवाःखल, त्रि.वि.प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातन्त्रवादी वन प्राविधिक संघ र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाललाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गरिएको छ । 
 
दिलेन्द्रप्रसाद बडू
प्रवक्ता
Share on Facebook

Attachments#
No files