Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 30, 2013
स्वर्गीय गोपालराज पहाडीको स्वर्गारोहणको १३ औँ दिन २०७० भाद्र १५ गते देशका सबै जिल्लाहरुमा शोक सभा हुने

 भाद्र १४, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भाद्र ३, २०७० मा बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं केन्द्रीय कार्यसमितिका सदस्य गोपालराज पहाडीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको स्वर्गारोहणको १३ औँ दिन २०७० भाद्र १५ गते केन्द्र र सबै जिल्लाहरुमा शोकसभाको आयोजना गर्ने निर्णय भए बमोजिम भोलि देशका सबै जिल्लाहरुमा शोक सभा हुँदैछ ।
साथै, केन्द्रको आयोजनामा विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा हुने शोक सभामा काठमाडौँ उपत्यकाका तीनै जिल्लाहरुको सहभागिता रहनेछ । 
 
प्रदीप पराजुली
 सचिव
 
Share on Facebook

Attachments#
No files