Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 31, 2013
केन्द्रीय सदस्य गोपालराज पहाडीको स्वर्गारोहणको १३ औ दिनको केन्द्रीय शोक सभा सम्पन्न

 भाद्र १५, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय कार्यसमितिका सदस्य गोपालराज पहाडीको स्वर्गारोहणको १३ औँ दिन आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा काठमाडौँ उपत्यकाका तीनै जिल्लाहरुको सहभागितामा शोक सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा भएको उक्त शोक सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु— कुलबहादुर गुरुङ, विमलेन्द्र निधि, अर्जुननरसिंह के.सी., दीपकुमार उपाध्याय, ललितपुरका सभापति मदन अमात्यले स्वर्गीय पहाडीको जीवनीका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । 
उक्त शोक सभामा नेपाली कांग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधान, भक्तपुरका सभापति गणेशमान चक्रधर लगायत पार्टीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files