Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 05, 2013
घोषणापत्रका निम्ति सुझाव पठाउन नेपाली कांग्रेसले जिल्लाहरुलाई पत्राचार गर्यो

 
 
 
२० भदौ, २०७०
प्रेस विज्ञप्ति
 
नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनका लागि  “संविधान सभा निर्वाचन घोषणा पत्र तयारी समिति” को वैठक नेपाली काँग्रेसका उपसभापति एवं समितिका संयोजक श्री रामचन्द्र पौडेलज्यूको सभापतित्वमा नेपाली काँग्रेस केन्द्रीय कार्यालय वी.पी. स्मृति भवन वी.पी. नगर ललितपुरमा बस्यो । आज बसेको समितिको वैठकले निम्न निर्णयहरु ग¥यो । 
 
निर्णय नं. १
 
आउँदो २०७० भदौ २७ सम्ममा घोषणा पत्रका निम्ति सुझाव पठाउन नेपाली काँग्रेसको सबै जिल्ला कार्यसमितिहरुलाई आजै पत्रचार गर्ने निर्णय ग¥यो ।
 
निर्णय नंं २
 
यसै गरी नेपाली काँग्रेसका भातृ एवं शुभेच्छुक संघसंस्था, मजदुर, कर्मचारी, बुद्धिजीवी, उद्योगपति एवं व्यापारी, पत्रकार, मानव अधिकारकर्मी, खेल क्षेत्रसँग आबद्ध संघसंस्था, पेशागतकर्मी, लगायत सबैसँग पार्टीको चुनावी घोषणा पत्रमा सुझावहरु दिनका लागि सबैसँग हार्दिक अपिल गर्ने निर्णय समेत ग¥यो ।
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files