Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 23, 2013
नेपाली कांग्रेसद्वारा आसन्न संविधानसभा निर्वाचन प्रयोजनका लागि केन्द्रमा विभिन्न समिति गठन

 कात्र्तिक ६, २०७०
प्रेस विज्ञप्ती
 
नेपाली कांग्रेसले आसन्न संविधानसभा निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको संयोजकत्वमा ‘निर्वाचन परिचालन समन्वय केन्द्र’ गठन गरेको छ । उक्त समितिको सदस्य सचिवमा केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठ रहनु भएको छ । 
त्यस्तै, पार्टी सभापति सुशील कोइराला उम्मेदवार हुनुभएको चितवन निर्वाचन क्षेत्र नं. ४ मा केन्द्रीय सदस्य दिलबहादुर घर्ती र बाँके निर्वाचन क्षेत्र नं ३ मा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । 
नेपाली कांग्रेसले चुनाव प्रचार र अनुगमन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन निम्न समितिहरु पनि गठन गरेको छ । 
 
१. केन्द्रिय प्रचार प्रसार समिति
संयोजक ः डा. मिनेन्द्र रिजाल (केन्द्रिय सदस्य एवं प्रचार विभाग प्रमुख)
सदस्यहरु ः महालक्ष्मी उपाध्याय ‘डिना’ (केन्द्रीय सदस्य), धनराज गुरुङ (केन्द्रीय सदस्य), हरिहर विरही, ध्रमेन्द्र झा, तेजप्रकाश पण्डित, कविर राणा, श्री आचार्य, देवप्रकाश त्रिपाठी, कुलचन्द्र वाग्ले, समीरजंग शाह, रमेश तुफान, राजेश्वर नेपाली, विपुल पोखरेल, पोषण के.सी., किरण पोखरेल  
केन्द्रीय कार्यालयबाट — सहसचिव प्रकाश शर्मा ।
 
२. शान्ति सुरक्षा अनुगमन समिति
संयोजक ः डा. प्रकाशशरण महत (केन्द्रीय सदस्य)
सदस्यहरु ः कमला पन्त (केन्द्रीय सदस्य), महेन्द्र यादव (केन्द्रीय सदस्य), मीन विश्वकर्मा (केन्द्रीय सदस्य), ईश्वरी न्यौपाने (केन्द्रीय सदस्य), मोदराज डोटेल, हेम बहादुर गुरुङ, बालकृष्ण पाण्डे 
केन्द्रीय कार्यालयबाट — सहसचिवद्वय प्रेम के.सी. र मुक्ति आचार्य । 
 
३. आचार संहिता तथा निर्वाचन आयोग अनुगमन समिति
संयोजक ः मानबहादुर विश्वकर्मा (केन्द्रीय सदस्य)
सदस्यहरु ः सुरेन्द्रराज पाण्डे (केन्द्रीय सदस्य), राजनप्रसाद पन्त (केन्द्रीय सदस्य), यदुनाथ खनाल, भरतप्रसाद खरेल, सिताराम के.सी., शिव लम्साल
केन्द्रीय कार्यालयबाट — सहसचिव केशव रिजाल
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files