Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 25, 2013
केन्द्रीय सदस्य मीना पा०डेको पिता भक्तबहादुर खड्ककाो निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 कात्र्तिक ८, २०७०
प्रेस विज्ञप्ति
 
रामेछापका प्रजातन्त्र सेनानी ९४ वर्षीय भक्तबहादुर खड्काको आज विहान सिभिल अस्पताल, मीनभवनमा उपचारका क्रममा निधन भयो । स्वर्गीय खड्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीना पाण्डे, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति रामचन्द्र खड्का र महासमिति सदस्य शिवबहादुर खड्काका पिता हुनुहुन्छ । स्वर्गीय खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
स्वर्गीय खड्काको आजै अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files