Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 29, 2013
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समितिको २०७० कात्र्तिक १२ गतेक पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्ति

 कार्तिक १२, २०७०
प्रेस विज्ञप्ति
 
२०७० मंसिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा जनताको उत्साह वढदो छ । नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरु आफ्ना उम्मेदवारहरुसंग निर्वाचनमा सक्रियताका साथ सहभागी भई रहेका छन । देशभरी नै नेपाली कांग्रेसका प्रति देखिएको जनसमर्थन संगै नेपाली कांग्रेसको कार्यकर्ताहरुमाथी सांघातिक आक्रमण, लुटपाटका घटनाहरु घटेका सूचनाहरु प्राप्त भएका छन । हिजो काठमाण्डौं र नेपालगंजमा नेपाली कांग्रेसलाई लक्षीत गरी घटित आगजनीका घटनाहरु भने कसले गरेको हो त्यो प्रष्ट भइसकेको छैन । नेपाली कांग्रेस जनताको अभिमतमा विश्वास गर्छ । जनताको शान्तिपूर्ण मतदान गर्ने अधिकार र स्वतन्त्रता पूर्वक पार्टी र विचार रोज्ने अधिकारको पूर्ण सम्मान गर्दछ । निर्वाचन मार्फत जनताले हाम्रो पार्टीलाई जुन स्थानमा राख्छ त्यसलाई हामी स्वीकार्छौं । हामी निर्वाचनमा सहभागी सम्पूर्ण दलहरुसंग पनि यही अपेक्षा गर्दछ । शान्तिपूर्ण प्रतिस्पर्धा गरौं, निर्वाचन आचार संहिताको पूर्ण पालना गरौं । 
 
नेपाली कांग्रेस, एनेकपा (माओवादी) लगायत निर्वाचनमा सहभागी सम्पूर्ण दलहरुलाई निर्वाचनमा शान्तिपूर्ण प्रतिश्पर्धा गर्न र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न अनुरोध गर्दछ । त्यस्तै निर्वाचन प्रकृयामा भाग नलिएका दलहरुसंग पनि आफ्नो वहिष्कार विरोधलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दछ । जनताले मतदानमा भाग लिने नलिने जनताको इच्छा हो, त्यसको हामी सवैले कदर गर्नु पर्दछ । 
 
नेपाल सरकारको दायित्व निर्वाचन शान्तिपूर्ण र भयरहित तरिकवाट सम्पन्न गर्ने हो । केही दिनयता घटेका घटनाहरुले सरकारले शान्ति सुरक्षालाई सुदृढ गर्नु पर्ने स्पष्ट संकेत गरेको छ । हामी सरकारसंग पूर्ण शान्ति सुरक्षाको प्रत्याभुति दिन माग गर्दछौं । साथै, आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरुलाई तत्काल कारवाही गरी निर्वाचन प्रक्रियाप्रति जनाताको विश्वास वलियो वनाउन माग गर्दछौं । साथैं, निर्वाचन आचार संहिता पालना गराउने प्रति गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउछौं ।
 
अहिलेसम्म एनेकपा (माओवादी) वाट नेपाली कांग्रेसलाई लक्षीत गरी घटेका घटनाहरुमा संलग्न हुनेहरुलाई हामीले पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले कारवाहीको दायरामा ल्याएको छैन । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं र सरकारसंग तत्काल कारवाहीको माग गर्दछौं । साथै, राजनीतिक आवरणमा हुने अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउछौं । 
 
नेपाली कांग्रेस पार्टी र अन्य पार्टीहरुलाई समेत लक्षीत गरी गरिएका आगजनी र आक्रमणका घटनाहरु कसले गराएका हुन तत्काल पत्ता लगाई कारवाही अगाडी वढाउन हामी सरकारसंग माग गर्दछौं । 
 
हामी निर्वाचनमा संयमका साथ सहभागी भएका छौं र निर्वाचन आचार संहिताको पालनाप्रति गम्भीर छौं । हामी शान्तिपूर्ण तरिकावाट निर्वाचन प्रक्रियामा सरिक हुने कुरामा हामी प्रतिवद्ध छौं । अरु पार्टीहरुवाट पनि त्यही कुराको अपेक्षा गर्दछौ । शान्तिभंग गर्ने, भौतिक र मानसिक रुपमा त्राश र अशान्ति सृजना गर्ने जो सुकै हुन, त्यस्ता गतिविधि गर्ने पार्टी, समुह र व्यक्तिहरुका क्रियाकलापहरुलाई गम्भीरताका साथ लिन सरकारसंग हामी माग गर्दछौं । 
 
नेपाली कांग्रेसप्रति लक्षित अहिलेसम्म प्राप्त आक्रमण, लुटपाट र आगजनीको घटनाहरुको विवरण यससंगै संलग्न छ । 
 
केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समिति
नेपाली कांग्रेस, केन्द्रीय कार्यालय
 
निर्वाचनको क्रममा नेपाली कांग्रेसप्रति लक्षित गरी गरिएका सांघातिक आक्रमणहरुको विवरण 
(अहिलेसम्म प्राप्त भए अनुसार)
 
१)     क) रुकुम ः आश्विन ३० गते रुकुमको गरायला, सिम्ली, पुर्तिमकाडा गा.वि.स.का लागि नेपाली कांग्रेसको प्रचार सामाग्री तथा माइक अपरान्ह १ वजे एनेकपा माओवादी) का देववहादुर वि.क. मुस्कान र धनवीर ओलीको नेतृत्वमा आएका समुहले लुटेका ।
 
ख) २०७० कार्तिक ३ गते साँझको ७ः०० वजे एनेकपा माओवादीले आक्रमण गरी नेपाल तरुण दल रुकुमका जिल्ला सदस्य जनक कुमार वाठा र आटविसकोट गाविसका पार्टी सभापति दीपककुमार शाहीमाथी धारिलो हतियार प्रयोग गरी अवस्था गम्भीर भई कार्तिक ४ मा उपचारार्थ हेलिकोप्टरवाट काठमाण्डौं ल्याई महाराजगंज टिचिङ्ग अस्पतालमा भर्ना÷सोही घटनामा एमालेका समर्थक गणेश सिंहको टाउकोमा गम्भीर चोट ।
 
२) धादिङ्ग ः मिति २०७०÷६÷६ गते धादिङ्गको नौविसेमा राती ७ः३० वजे उम्मेदवार वुद्धलक्ष्मी लामा खाना खाइरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङ्गका सहसचिव अर्जुन उप्रेतीलाई सुरक्षाकर्मिवाट विनाकारण कुटपिट गरेको ।
 
३) वाग्लुङ्ग ः मिति २०७०÷०७÷५ गते  वागलुङ्गमा वाइसिएलका सूर्य कुमार शेर्पालीको नेतृत्वमा नेपाली कांग्रेसका वालकुमार पुन–वुङ्गादोभान गाविस निवासी र भुवानी शंकर पुनमाथी धारिलो हतियारले सांघातिक आक्रमण हाल घाइतेहरुलाई उपचारार्थ गण्डकी अस्पताल पोखरामा भर्ना गरिएको छ । टाउँकोमा गम्भीर चोट पर्न गएको र ८ वटा टाँका समेत लागेको छ । 
 
४) सिन्धुली ः मिति २०७०÷०७÷८ गते राती ः– दुधौली गा.वि.स.मा एनेकपा माओवादीले नेपाली कांग्रेसको प्रचार सामाग्री लुटी च्यातेको र निर्वाचन क्षेत्र नं. १ को मुख्य प्रचार कार्यालयमा तोडफोड । 
 
५) नुवाकोट जिल्ला क्षेत्र नं. २ को गाउँखर्क गा.वि.स. –१ मा राती १० वजे पार्टीका साथीहरु प्रचार प्रसार गरी रोजलाल तामाङ्गको घरमा वास वसेको वेलामा ढोका फोडेर एनेकपा माओवादीले पेस्तोल, खुकुरी, भाला, तरवार र चेनले आक्रमण गरी गम्भीर घाइते वनाएका (अन्य पार्टीवाट नेपाली कांग्रेसमा प्रवेशको लहर देखेर ५ वटा गाविसमा तपाईलाई छिर्न पाउनु हुन्न भनेर मार्ने धम्की) एमाओवादी जिल्ला इन्जार्च राजन गौतम भन्ने “नकुल” को नेतृत्वमा हाम्रा साथीहरुलाई २० मिनेट वन्दक वनाएको । 
घाइतेहरु ः नुर वहादुर तामाङ्ग –वुथ कमिटि अध्यक्ष, सहदेव कुमार उप्रेती (पत्रकार), अच्युत आचार्य विद्यार्थी नेता ।
 
७) बाँके ः मिति २०७० कार्तिक ११ गते १०ः३० वजे निर्वाचनको प्रचार प्रसारको क्रममा सवारी साधन लिई हिडिरहेको अवस्थामा उक्त गाडीमाथी अज्ञात समुहद्वारा मट्टितेल छर्की आगजनीको प्रयास गरेका थिए ।
 
८) काठमाडौं ः मिति २०७० कार्तिक ११ गते विहानको १० वजे धापासी गाविस (कृष्ण मन्दिरमा) नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाण्डौं जिल्ला क्षेत्र नं. ५ का प्रत्यासी उम्मेदवार श्री नरहरी आचार्यको गाडीमा पेट्रोल छर्की अज्ञात समुहद्वारा आगजनी गरेको ।
 
Share on Facebook

Attachments#
No files