Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 30, 2013
स्याङ्जा चापाकोटको घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 कात्र्तिक १३, २०७०
प्रेस विज्ञप्ति
 
स्याङ्जाको चापाकोट गा.वि.स.मा गत असोज २७ गते मृत फेला परेकी माया वि.क.को हत्याको विषयलाई लिएर प्रहरी चौकीमा छलफलका लागि पुगेका स्थानीय व्यक्तिहरुमाथि सुरक्षाकर्मीले हिजो गोली प्रहार गरेका छन् र सुरक्षाकर्मीको गोली लागी  नेपाली कांग्रेसका कार्यकर्ताहरु चापाकोट ६ का २१ वर्षीय सूर्य आले र चापाकोट ४ का २८ वर्षीय कृष्ण भट्टराईको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । मृतक वि.क.को हत्याको यथार्थ छानविन गर्न सुरक्षाकर्मीले वेवास्ता गरेको भन्दै दवाव दिइरहेका स्थानीय व्यक्तिहरुमाथि सुरक्षाकर्मीले अकस्मात गोली प्रहार गर्दा नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य गायत्री आचार्य सहित दर्जनौँ व्यक्ति गम्भीर घाइते भएका छन् । यस घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, घटनाको यथार्थ छानविन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरुको उचित उपचारका लागि सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files