Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 30, 2013
डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुमाथि गोरखामा माओवादीद्वारा आक्रमण

 कात्र्तिक १३, २०७०
प्रेस विज्ञप्ति
 
गोरखा निर्वाचन क्षेत्र नं. १ को भैरुङ बतासेको आमसभालाई सम्बोधन गर्न काठमाडौँबाट आज जानु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठ चढ्नु भएको गाडीमाथि एनेकपा माओवादीका कार्यकर्ताहरुले सांघातिक रुपमा आक्रमण गरेका छन् । आक्रमणमा परी नेपाली कांग्रेसका दर्जनौँ कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् र उहाँहरु चढ्नु भएको गाडीमा क्षति पुगेको छ । गोरखाको लुदी खोलामा उहाँहरुमाथि एनेकपा माओवादीहरुले पहिलो आक्रमण गरेका थिए । सुरक्षाकर्मीले हवाई फायर गरेपछि माओवादीहरु भागेका 
थिए । यात्राकै क्रममा तिनमाने भन्ज्याङ पुग्ने बेलामा र त्यसपछि तिनमाने डाडाँबाट माओवादीहरुले पुनः आक्रमण गरेका थिए ।
शान्तिपूर्ण रुपमा कार्यक्रममा सहभागी हुन पाउने नागरिकको संवैधानिक अधिकारमाथि एनेकपा माओवादीले ठाडो हस्तक्षेप गरेको छ । संविधानसभाको निर्वाचनलाई नै प्रभावित पार्ने गरी माओवादीले देखाएको उच्छृंखल, अराजक र लोकतन्त्र विरोधी घटनाप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत गर्न र आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न तथा यस्ता घटना पुनः नदोहो¥याउन नेपाली कांग्रेस एनेकपा माओवादीलाई चेतावनी दिन चाहन्छ । साथै आम नागरिकमा त्रास फैलाउने यस्ता घटनामा संलग्न अराजक व्यक्तिहरुलाई तुरुन्त कडा भन्दा कडा कार्वाही गर्न तथा घाइतेहरुको उचित उपचारको लागि नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । 
 
प्रकाश शर्मा
सह–सचिव
 
Share on Facebook

Attachments#
No files