Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 31, 2013
साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 
 
२०७०÷०७÷१४
प्रेस विज्ञप्ति
 
साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेको ६७ बर्षको उमेरमा असमायीक निधन भएकोमा नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ । नेपाली कांग्रेस यस दुःखद घडीमा उहा“को शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्तिका साथै स्वर्गीय आत्माको चिरशान्तिको कामना समेत गर्दछ । 
 
साहित्यिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका घिमिरे विगत ५ बर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । चिकित्सा भाषामा ‘मल्टीपल माइलोन’ (रक्त क्यान्सर) बाट उहा“ केही समयदेखि गम्भीर अस्वस्थ हुनुहुन्थ्यो । 
 
उहा“ले नेपाली भाषा साहित्यमा उपन्यास, नाटक, कविता, कथा र सस्मरणात्मक कृतिहरु लेख्नुभएको छ । अन्र्तमनको यात्रा सस्मरणात्मक कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएका उहा“को अन्तिम उपन्यास सकस चर्चित मानिएको छ । प्रसिद्ध साहित्यकार घिमिरेको निधनले नेपाली साहित्य र सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । 
 
जय नेपाल ।
 
डा. मिनेन्द्र रिजाल
केन्द्रीय सदस्य एवं प्रचार विभाग 
 
Share on Facebook

Attachments#
No files