Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 04, 2013
सभापति कोइरालाद्वारा भाइटिकाको अवसरमा शुभकामना व्यक्त

 
 
कार्तिक १९, २०७०
शुभ–कामना
 
यमपञ्चकको पाचौं दिन भाइटिकाको हाम्रो पवित्र र सांस्कृतिक पर्वको सुखद उपलक्ष्यमा म सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु । 
नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो । एकले अर्काको भाषा, धर्म र संस्कृतिको आदर र सम्मान गर्ने हाम्रो आफ्नै अति प्राचीन र विशिष्ट परम्परा छ । लक्ष्मीपूजाको दिनदेखि असंख्य दीपहरु प्रज्वलित गरी मनाईने यस पर्वलाई यहाँ दीपावली समेत भनिन्छ । यसै दिनदेखि देउसी÷भैलो खेल्ने परम्परा छ । यस्तै सांस्कृतिक चाडपर्वले हामी सबैलाई पारस्परिक सहयोग र सद्भावका साथ राष्ट्रको मूल प्रवाहमा आवद्ध गराएको हो । 
जनतावाट निर्वाचित प्रतिनिधिहरुको सभा (संविधान सभा) वाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान निर्माण गर्ने उद्देश्यका साथ मुलुक पुनः दोस्रो पटक संविधानसभाको निर्वाचनको अभियानमा अगाडि वढिरहेको छ । मुलुकका सवै जात, जाती धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय तथा विचारधारा मान्ने नेपाली जनताको व्यापक र सक्रिय सहभागितामा नै आसन्न संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सक्दछ । स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ स्थापित गरिएको वर्तमान सरकारले तोकिएको समयमै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्नेछ र मुलुकलाई संक्रमणकालवाट छिट्टै मुक्त गराउनमा सफल हुनेछ भन्ने विश्वास सम्पूर्ण मुलुकवासीले गरेका छन । यसर्थ, कैंयन शहिदहरुको वलिदान र त्याग तथा नेपाली जनताको व्यापक सहभागिताका कारण मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत वनाउनका लागि जिम्मेवार सम्पूर्ण पक्षहरु आ–आफ्नो स्थानमा इमान्दार र सक्रिय रहनु आजको राष्ट्रिय जिम्मेवारी र कर्तव्य हो । 
हाम्रा प्रत्येक चाड–पर्वहरु हाम्रो एकताका प्रतीक हुन् । यो यथार्थलाई सबैले मनन् गनुपर्छ । यमपञ्चकको पाचौं दिन भाइटिकाको यो पुनीत अवसरमा म सम्पूर्ण दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछु । 
जय नेपाल ।
 
सुशील कोइराला
सभापति
 
Share on Facebook

Attachments#
No files