Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 06, 2013
नेपाल तरुण दल दैलेख जिल्ला सदस्य नवीन राना मगरको हत्याप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण

 कात्र्तिक २०, २०७०
प्रेस विज्ञप्ति
 
गत कात्र्तिक १७ गते राति दैलेख जिल्ला सल्लेरी गा.वि.स. वडा नं. ३ निवासी नेपाल तरुण दल दैलेखका जिल्ला सदस्य नवीन राना मगरलाई हत्या गरी भीरबाट शव फालिएको अवस्थामा २०७० कात्र्तिक १९ गते शव फेला परेको दर्दनाक घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । 
संविधानसभाको आसन्न निर्वाचनलाई प्रभावित पार्ने, आम नागरिकमा भय र त्रासको वातावरण सिर्जना गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोधपूर्ण सुनियोजित तवरले उक्त घटना घटाइएकोले यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न, हत्याको यथार्थ छानविन तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग नेपाली कांग्रेस मांग गर्दछ । 
मृतक मगरप्रति नेपाली कांग्रेस श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files