Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 20, 2013
संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाद्वारा हार्दिक धन्यवाद व्यक्त

 मंसिर ५, २०७०
प्रेस विज्ञप्ति
मुलुकमा शान्ति र स्थिरता कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र एवं समावेशीतालाई संस्थागत गर्ने उद्देश्यसहित २०७० मंसिर ४ गते संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली कांग्रेस सबैप्रति हार्दिक अभिवादन गर्दछ । 
२०६४ मा सम्पन्न संविधानसभाले संविधान दिन नसकी राजनीतिक प्रक्रिया अवरुद्ध हुन पुगेको अवस्थामा गरिएको दोस्रो संविधानसभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी भै आफ्नो अमूल्य मत दिनु भएकोमा सम्पूर्ण दिदीबहिनी, दाजुभाई एवं आम मतदाताहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । यो निर्वाचनले मुलुकलाई राजनीतिक दिशा र गति दिनेछ भन्ने विश्वास हामीले लिएका छौँ । महत्वपूर्ण भूमिका निर्वाह गरेर यस अभियानलाई सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद ज्ञापन गर्दछु । 
साथै निर्वाचन सम्पन्न गर्न सक्रियतासाथ सहयोग पु¥याएकोमा नेपाली कांग्रेसका साथीहरुसहित सम्पूर्ण दलका साथीहरु, पत्रकार, नागरिक समाज, अधिकारकर्मी, प्रवुद्ध वर्ग, अन्तर्राष्ट्रिय समुदाय, महिला, मधेशी, दलित, मुस्लिम, आदिवासी, जनजाति, विद्यार्थी, तरुण, युवा, अल्पसंख्यक सबैप्रति नेपाली कांग्रेस हार्दिक आभार प्रकट गर्दछ ।
अन्त्यमा, निर्वाचनपछि गठन हुने संविधानसभाबाट मुलुकमा बहुलवादसहितको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्श स्थापित गर्ने संविधान निर्माण गर्न र शान्ति, स्थायित्व कायम गर्दै राष्ट्र निर्माण, जनचाहना र आकांक्षा पूरा गर्न नेपाली कांग्रेस प्रतिवद्धता व्यक्त गर्दछ । 
जय नेपाल !
सुशील कोइराला
सभापति
 
Share on Facebook

Attachments#
No files