Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 21, 2013
संविधानसभा सदस्य निर्वाचन २०७० सम्पन्न भए पछि नेपाली कांग्रेसद्वारा जारी प्रेस विज्ञप्ति

 मंसिर ६, २०७०
प्रेस विज्ञप्ति
 
ऐतिहासिक संविधानसभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी भई एउटा महत्वपूर्ण लोकतान्त्रिक प्रकृया सम्पन्न गर्नु भएकोमा हामी सम्पूर्ण नागरिक र समस्त मतदाताहरुप्रति आभार प्रकट गर्दै हार्दिक बधाई दिन चाहन्छौँ । त्यस्तै संविधानसभाको निर्वाचन सफलताकासाथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, मन्त्रिपरिषद्, सबै सुरक्षा निकाय तथा यस कार्यमा संलग्न संस्था र महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ । यो कार्य सम्पन्न गर्न मित्र राष्ट्रहरु, दातृ संस्थाहरु, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले पु¥याएको योगदानको सह«ाहना गर्दै नेपाली कांग्रेसले उहाँहरुको भूमिका र भावनाको उच्च सम्मान गर्ने विश्वास दिलाउछौँ । 
 
नेपाली कांग्रेस एक वर्ष भित्र राष्ट्रको आवश्यकता र जनताको आकांक्षा अनुृरुपको संविधान निर्माण गरी मुलुकलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउने प्रतिवद्धता र संकल्पप्रति अविचलित भएर दृढताका साथ अघि बढ्ने सम्पूर्ण नेपालीलाई आश्वस्त पार्न चाहन्छ । 
 
सम्पन्न निर्वाचनको मतगणना भई प्रारम्भिक परिणाम आउन थालेपछि २०७० मंसिर ५ गते मध्यराति एनेकपा (माओवादी) ले हठात् र रहस्यमय ढंगले आफ्ना प्रतिनिधिहरु फिर्ता बोलाई मतगणना बहिष्कार गरेर जनतालाई अपमानित गरेको छ । जनादेशलाई स्वीकार गरेर तदनुरुपको जिम्मेवारी र भूमिका निर्वाह गर्नु पर्नेमा निर्वाचनमा आफू धेरै पछि परेको प्रष्ट भएपछि गरिएको यो निर्णयले एनेकपा (माओवादी) को अलोकतान्त्रिक चरित्र एक पटक फेरि उदाङ्गो भएको छ । निर्वाचन प्रकृयामा सहभागी भए पछि त्यसको परिणाम अस्वीकार गर्नु राजनैतिक, नैतिक, विधि, परम्परा एवं लोकतान्त्रिक मूल्य र मान्यताको दृष्टिले समेत अनुचित हुन्छ । नेपाली कांग्रेसले आफु सहभागी भएको जनमत संग्रह होस् वा २०६४ सालको संविधानसभाको चुनाव होस्— आफ्नो प्रतिकूल आएको अप्रत्याशित नतिजालाई पनि स्वीकार गरेको कुरा स्मरण गराउन चाहन्छौँ । हाम्रा आदरणीय नेताहरुले ‘पार्टी हारे पनि देश हार्नु हुँदैन’ भन्ने सन्देश दिंदै सबैलाई जनादेशको सम्मान गर्न शिक्षा दिनु भएको छ । नेपाली कांग्रेसले जनताको अभिमतको सधै सम्मान र पालना गरि आएको छ र अन्य दलहरुलाई पनि जनादेशको कदर गर्न आह्वान गर्दछ । त्यसैले एनेकपा (माओवादी) लाई आफ्नो आवेशपूर्ण र अलोकतान्त्रिक निर्णयलाई सच्याई मतगणना कार्यमा सहभागी भई जनताको सार्वभौमसत्ता स्वीकार गर्न आग्रह गर्दछौँ । 
 
आम निर्वाचन, झन संविधानसभाको निर्वाचनलाई कुनै दलले विजय र पराजयको दायराभन्दा माथि उठेर जनताको आकांक्षा पुरा गर्ने र संविधान निर्माण गर्ने अवसरको रुपमा लिनु पर्दछ । यो निर्वाचन सरकार बनाउनका लागि मात्र नभएर मूलतः संविधान निर्माणको लागि भएको हो भन्ने सबैले हेक्का राख्नु पर्दछ । १२ वुँदे समझदारीबाट प्रारम्भ भएको सहमति, सहकार्य र एकताको भावना अनुरुप संविधान निर्माण प्रकृयामा सबैको सहभागिता सुनिश्चित गर्न नेपाली कांग्रेस दृढ रहेको कुरा पुनः दोह¥याउन आवश्यक ठान्दछौँ । 
 
जय नेपाल !
 
रामचन्द्र पौडेल
उपसभापति
 
Share on Facebook

Attachments#
No files