Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 21, 2013
चितवन, बाग्लुङ र रुकुममा नेपाली कांग्रेसका कार्यकर्ताहरु गम्भीर घाइते

 मंसिर ६, २०७०
प्रेस विज्ञप्ति
 
संविधानसभा सदस्य निर्वाचन २०७० का लागि नेपाली कांग्रेसको प्रचार प्रसारमा रहेका बाग्लुङ र रुकुमका नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई राष्ट्रिय जनमोर्चा र एनेकपा माओवादीका कार्यकर्ताहरुले सांघातिक रुपमा आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । त्यसैगरी चितवनको प्रचार प्रसारमा रहेका नेपाली कांग्रेसका कार्यकर्तालाई अज्ञात समूहले आक्रमण गरी गम्भीर घाइते बनाएका छन् । 
 
चितवन जिल्ला
चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १० निवासी नेपाल विद्यार्थी संघ बालकुमारी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष गणेश पौडेल हिजो मंसिर ५ गते मतगणनाको क्रममा घर तर्फ फर्कदै गर्दा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका छन् । उहाँको टाउँकोमा गहिरो चोट लागेको छ । हाल उहाँको चितवन स्थित मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ । हालसम्म पनि उहाँ अचेत हुनुहुन्छ । 
 
बाग्लुङ जिल्ला
पैयुथन्थाप गा.वि.स.मा सर्वदलीय बैठकमा सहभागी हुन जाने क्रममा गत मंसिर ३ गते बैठक स्थल नजिकै ५०÷६० जनाको समूहमा रहेका राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले जिल्ला कार्यसमितिका सदस्य टेकबहादुर राना, उक्त गा.वि.स. का नेपाली कांग्रेसका सभापति नन्दकिशोर उपाध्याय, क्षेत्रीय प्रतिनिधि नरजंग राना, क्रियाशील सदस्य दयाराम सापकोटालाई खुकुृरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । जिल्ला सदस्य टेकबहादुर रानाको टाउँकोमा चोट र दुवै खुट्टा भाँचिएको, गाउँ सभापति नन्दकिशोर उपाध्यायको टाउँकोमा चोट, दुवै खुट्टा र देव्रे हात भाँचिएको, क्षेत्रीय प्रतिनिधि नरजंग रानाको टाउँकोमा चोट, देव्रे आँखा फुटेको र दाहिने खुट्टा भाँचिएको छ । उहाँहरुको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ र चिकित्सकको परामर्श अनुसार थप उपचारका लागि आज राति नै उहाँहरुलाई काठमाडौँ ल्याइदैछ । 
त्यसैगरी राष्ट्रिय जनमोर्चाका मुकुण्डोधारी कार्यकर्ताहरुले गत मंसिर २ गते राति करीब ९ बजेतिर जैदी गा.वि.स.को मसारो भन्ने स्थानमा सांघातिक आक्रमण गर्दा नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष हरिहर शर्मा, उहाँको पिता केदार सुवेदी, आमा नर्मदा सुवेदी र हरिहर शर्माको भाई गम्भीर घाइते हुनु भएको छ । आक्रमणकारीहरुले खुकुरी र लाठीले प्रहार गरी उहाँहरुलाई गम्भीर घाइते बनाएको थियो । घाइते मध्ये नर्मदा सुवेदीको टाउँकोमा गम्भीर चोट लागेको छ र नाक काटिएको छ । उहाँको टाउँकोमा २८ वटा टाँका लगाइएको छ । त्यसैगरी केदार सुवेदीको टाउँकोमा पनि गम्भीर चोट लागेको छ । उहाँहरु सबैको अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।  
 
रुकुम जिल्ला
मक्मा गा.वि.स.—६ का सन्देश पुन आफ्नो घर फर्कने क्रममा गत मंसिर ३ गते राति एनेकपा माओवादीका कार्यकर्ताले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । उहाँको टाउँकोमा गम्भीर चोट लागेको छ । 
त्यसैगरी रुकुमको वाछीकोट—९ निवासी नेपाल विद्यार्थी संघ थापाथली इकाईका सहसचिव डम्बर के.सी.लाई गत मंसिर १ गते राति एनेकपा माओवादीका कार्यकर्ताहरुले खुकुरी प्रहार गरी गम्भीर बनाएका छन् । घाइते के.सी.को दुवै खुट्टामा र हातमा खुकुरी प्रहार गरिएको 
छ । उहाँको दुवै खुट्टा नचल्ने अवस्थामा रहेको छ । 
यसरी नै रुकुममा एनेकपा माओवादीका कार्यकर्ताहरुले खुकुरी र लाठी प्रहार गर्दा नेपाली कांग्रेसका चिरञ्जीवी मल्ल, निराजन मल्ल, मुगा मल्ल, मन्दीर बुढा, राकेश चन्द, युवराज वि.क., जंगबहादुर के.सी. र चन्द्रशेखर के.सी. सख्त घाइते हुनु भएको छ । 
 
शान्तिपूर्ण रुपमा कार्यक्रममा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकारमाथि राष्ट्रिय जनमोर्चा र एनेकपा माओवादीले ठाडो उल्लंघन गरेको छ । राजनीतिक प्रतिशोध पूर्ण तवरले गरिएका यस्ता आपराधिक र मानवता विरोधी घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । साथै, चितवन, बाग्लुृङ र रुकुममा भएका यी घटनाका अपराधीहरुलाई तुरुन्त पहिचान गरी कडा भन्दा कडा कार्वाही गर्न, आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न तथा घाइतेहरुको उचित स्वास्थ्योपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files