Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 30, 2014
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेका सभापति स्व. अरुण कोइरालाको निधनको १३ औँ दिनमा पार्टीद्वारा जारी प्रेस विज्ञप्ति

 मंसिर १४, २०७१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं सम्माननीय प्रधानमन्त्री कोइरालाद्वारा धन्यवाद ज्ञापन
 
आफूलाई परेको भातृ शोकमा समवेदना प्रकट गर्नुहुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरु र विदेशी कुटनीतिज्ञहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले धन्यवाद ज्ञापन गर्नु भएको छ ।
 
पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री कोइरालाका भाइ डा. अरुण कोइरालाको यही मंसिर २ गते ७३ बर्षको उमेरमा दिल्लीको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएका डा. कोइरालाको स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि मेदान्तमा लगिएको थियो । उहाँ निमोनियाबाट ग्रसित हुनुहुन्थ्यो  ।
 
स्व. डा. कोइरालाले लामो समयसम्म एक सफल व्यवसायिक चिकित्सकको रुपमा मुलुकका विभिन्न अस्पतालमा सेवारत रही विरामीहरुको स्वास्थोपचार गर्नुभएको थियो । देश र समाजको सेवामा समर्पित स्वर्गीय डा. कोइराला नेपाली कांग्रेस बाँके जिल्लाको निर्वाचित सभापति 
हुनुहुन्थ्यो । उहाँ मुलुकमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गरी मुुलुकले प्राप्त गरेको संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संस्थागत गर्नका लागि समयमा संविधान ल्याउन पार्टी सभापति एवं प्रधानमन्त्री कोइरालालाई उत्प्रेरित गरिरहनु हुन्थ्यो । डा. अरुण कोइरालाको निधनले नेपाली कांग्रेसले मात्र नभै मुुलुकको समग्र राजनीतिक वृत्तले नै  एक असल प्रजातान्त्रिक योद्धा गुमाएको छ । 
 
पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री कोइराला भातृ शोकमा रहेको बेला नेपाली कांग्रेसका नेता, कार्यकर्ता, संविधानसभामा प्रतिनिधित्व गर्ने र संविधानसभा बाहिर रहेका राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिहरु र विभिन्न मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरु र सर्वसाधरणले पनि समवेदना प्रकट गर्नुभएको थियो  ।
 
पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री कोइराला शनिवार पशुपति राजराजेश्वरी पुगी भाइ स्व. डा.अरुण कोइरालाको १३ औं पुण्य तिथिमा आयोजित धार्मिक संस्कारजन्य कार्यमा पनि सरिक हुनुभएको थियो ।
 
ऋषिकेश तिवारी
मुख्य सचिव 
 
Share on Facebook

Attachments#
No files