Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 15, 2014
नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका सदस्य एवं पूर्व महासमिति सदस्य हेमप्रसाद गौचन (वसन्त) को निधनप्रति ने.कां.द्वारा गहिरो दुःख व्यक्त

मंसिर २९, २०७१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमितिका सदस्य एवं पूर्व महासमिति सदस्य हेमप्रसाद गौचन (वसन्त) को मंसिर २७ गते साँझ ५ः३० बजे उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको छ । स्वर्गीय गौचनले नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । स्वर्गीय गौचन माननीय रोमी गौचन थकालीका दाजु हुनुहुन्छ । 
स्वर्गीय गौचनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर स्वर्गीय गौचनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, मुस्ताङका नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरु तथा स्वर्गीय गौचनका आफन्तजनहरुको श्रद्धञ्जलीका लागि ठूलो संख्यामा पशुपति आर्यघाटमा उपस्थिति रहेको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files