Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 21, 2014
शहीद तेजबहादुर अमात्यको धर्मपत्नी ९३ वर्षीया अनन्तलक्ष्मी अमात्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 पुस ५, २०७१
प्रेस विज्ञप्ति
 
शहीद तेजबहादुर अमात्यको धर्मपत्नी ९३ वर्षीया अनन्तलक्ष्मी अमात्यको आज विहान ४ः३० बजे काठमाडौँमा निधन भएको छ । उहाँ नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनमा उहाँले सक्रिय योगदान पु¥याउनु भएको थियो । स्वर्गीय अमात्य संविधानसभा सदस्य राजेन्द्र अमात्यको माता हुनुहुन्छ । 
 
स्वर्गीय अमात्यको आज विहान ११ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files