Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 05, 2015
गोरखाका क्रियाशील सदस्य जगदीश दवाडीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 कात्र्तिक १९, २०७२
प्रेस विज्ञप्ति
गोरखा जिल्ला हंसपुर गा.वि.स.वडा नं. ५ काफलडाँडा निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य ५१ वर्षीय जगदीश दवाडीको गत कात्र्तिक ७ गते विहान नयाँ दिल्ली स्थित इन्ट्रा एरिटल थ्रमबोसेस अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय दवाडीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको पिता सूर्यप्रसाद दवाडीलाई विगतको सशस्त्र द्वन्दका क्रममा माओवादीले अमानवीय र क्रूरतापूर्वक आफ्नै निवासमा हत्या गरेका थिए । 
उहाँको निधनबाट नेपाली कांग्रेसले एक होनाहार कार्यकर्ता गुमाएको छ । यसबाट पार्टीलाई क्षति पुगेको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files