Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 15, 2015
कार्यवाहक सभापतिको अध्यक्षतामा पार्टीको १३ औँ महाधिवेशनको सन्दर्भमा गठित विभिन्न समितिका संयोजकहरुको बैठक आज बस्यो

 कात्र्तिक २९, २०७२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री रामचन्द्र पौडेलको अध्यक्षतामा पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीद्वारा गठित विभिन्न समितिका संयोजकहरुको बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगरमा आज बस्यो । नेपाली कांग्रेसका महामन्त्री श्री प्रकाशमान सिंह र कोषाध्यक्ष श्रीमती चित्रलेखा यादवको समेत उपस्थिति रहेको आजको बैठकमा — भोजन आवास व्यवस्थापन समितिका संयोजक श्री बलबहादुर के.सी., प्रचार प्रसार समितिका संयोजक डा. मिनेन्द्र रिजाल, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक श्रीमती सुजाता कोइराला, पार्टी विधान संशोधन समितिका संयोजक श्री आनन्दप्रसाद ढुंगाना, मञ्च व्यवस्थापन समितिका संयोजक श्री नविन्द्रराज जोशी, सांस्कृतिक समितिका संयोजक श्रीमती मीना सुब्बा, स्वयंसेवक व्यवस्थापन समितिका संयोजक श्री नारायण कोइराला, महाधिवेशन व्यवस्थापन समितिका संयोजक श्री भीमसेन दास प्रधान, केन्द्रीय निर्वाचन समितिका संयोजक श्री राधेश्याम अधिकारीको उपस्थिति रहेको थियो । 
समितिका संयोजकहरुले आ–आफ्नो समितिको तर्फबाट धारणा राख्नु भएको थियो । पार्टीको १३ औँ महाधिवेशनलाई व्यवस्थित र भव्यताका सम्पन्न गर्न समितिहरुले आफ्नो कार्य प्रारम्भ गर्न कार्यवाहक सभापति श्री पौडेलले निर्देशन गर्नु भएको थियो । 
प्रकाश शर्मा
सचिव
 
Share on Facebook

Attachments#
No files