Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 16, 2015
पार्टी विधान संशोधन समितिले जिल्ला कार्यसमिति, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितहिरुसँग सुझाव माग्यो

 कात्र्तिक ३०, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसको आगामी १३ औँ महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट गठित पार्टी विधान संशोधन समितिको बैठक केन्द्रीय कार्यसमितिका सदस्य, संगठन विभागका प्रमुख एवं समितिका संयोजक श्री आनन्दप्रसाद ढुंगानाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा बस्यो । आज बसेको बैठकले नेपाली कांग्रेस जिल्ला कार्यसमिति, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुलाई तपसीलका वुँदाहरुमा केन्द्रीत भई आगामी २०७२ मंसिर २० गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी लिखित सुझाव पठाउन निर्देश 
गरेको छ । 
 
तपसील
१. नेपाली कांग्रेसको वर्तमान विधानको अभ्यास र अनुभवको आधारमा के कस्ता सुधार र संशोधन आवश्यक छ, त्यस सम्बन्धमा ।  
२. संविधानसभाबाट राज्य पुनर्संरचना सहितको संविधान जारी भएको सन्दर्भमा पार्टी विधानमा के कस्ता व्यवस्था गर्न आवश्यक छ, त्यस सम्बन्धमा । 
 
साथै, आजको बैठकले केन्द्रीय सदस्य श्री जीवन परियारलाई पार्टी विधान संशोधन समितिको सदस्य सचिव तोकेको छ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files