Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 23, 2015
सप्तरीका नेपाली कांग्रेसको क्रियाशील सदस्य दिलिपकुमार साहको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

 
 
मंसिर ७, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका क्रियाशील सदस्य ४२ वर्षीय दिलिपकुमार साहको सुरक्षाकर्मीले चलाएको गोली लागी हिजो मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिकाको नेता चोक स्थित आफ्नै घरको छतमा बसिरहेको बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा उहाँको टाउँकोमा गोली लागेको थियो र उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिदै गर्दा बाटोमा नै उहाँको निधन भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । निहत्या र निरपराध व्यक्तिको हत्या हुनु अत्यन्त दुःखद घटना हो । यो घटनाको यथार्थ छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । साथै, तराई–मधेशमा भएको आन्दोलनका प्रति सरकार संवेदनशील हुन र वार्ता एवं संवादका माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनरत सबै दलहरुलाई नेपाली कांग्रेस आग्रह गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files