Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 01, 2015
रुकुमका क्रियाशील सदस्य तेज भण्डारीको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 मंसिर १५, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस रूकुमका महासमिति सदस्य तिलकबहादुर भण्डारीको साहिला भाई एवं नेपाली कांग्रेसका क्रियाशील सदस्य ३८ वर्षीय तेज भण्डारीको नेपालगञ्जमा गत मंसिर १२ गते निधन भयो । रुकुम विजेश्वरी गा.वि.स. ३ निवासी स्वर्गीय भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक होनाहार व्यक्तिलाई गुमाएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files