Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 01, 2015
रूकुम जिल्ला कार्यसमितिका सदस्य ८१ वर्षीय नैनसिंह दमाईको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 मंसिर १५, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस रूकुम जिल्ला कार्यसमितिका सदस्य ८१ वर्षीय नैनसिंह दमाईको मंसिर १३ गते दाङमा निधन भयो । स्वर्गीय दमाई स्थानीय निर्वाचन २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५५ मा मग्मा गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । वि.सं. २०३६ को जनमत संग्रह, वि.सं. २०४६ र २०६२÷६३ जनआन्दोलनहरुमा उहाँ सक्रिय रुपले सहभागी हुनु भएको थियो । नेपाली कांग्रेसमा क्रियाशील रहेकै कारण तत्कालीन माओवादीले २०५१ मा उहाँको दाहिने खुट्टा काटिदिएका थिए । उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुर्नस्थापनामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक होनाहार व्यक्तिलाई गुमाएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files