Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 01, 2015
प्रजातन्त्र सेनानी ८६ वर्षीय गिरिजाविनोद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

 मंसिर १५, २०७२
प्रेस विज्ञप्ति
 
प्रजातन्त्र सेनानी ८६ वर्षीय गिरिजाविनोद उपाध्यायको मंसिर १३ गते सिरहाको मिर्चैया नगरपालिका, ढोढना स्थित आफ्नै निवासमा निधन भयो । २०४२—२०४३ सालसम्म स्वर्गीय उपाध्याय नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाको कार्यवाहक सभापति हुनुहुन्थ्यो । त्यसैगरी उहाँ नेपाल प्रजातन्त्र सेनानी संघ, सिरहाको पूर्व सभापति हुनुहुन्थ्यो । वि.सं. २००६ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भई २००७ सालको उदयपुर गढी कब्जाको संघर्षमा उहाँ संलग्न हुनुहुन्थ्यो र अनवरत रुपले नेपालमा प्रजातन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँका एक छोरा र तीन छोरीहरु हुनुहुन्छ । 
 
प्रजातन्त्र सेनानी उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ र पार्टीले एक होनाहार व्यक्तिलाई गुमाएको छ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
 
Share on Facebook

Attachments#
No files