Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 16, 2015
केन्द्रीय कार्यसमितिको २०७२ पुस १ गतेको बैठक

 पुस १, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमितिको बैठक बस्यो । बैठकमा आसन्न तेह्रौँ महाधिवेशन तयारी सम्बन्धमा छलफल भएको थियो । आजको बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, बालकृष्ण खाँण, फरमूल्लाह मंसुर, डा. शशांक कोइराला, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, महेन्द्र यादव, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी र आमन्त्रित केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । 
केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७२ पुस २ गते बिहीबारका दिन विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 
 
 ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files