Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 30, 2015
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पर्वत जिल्ला कार्यसमितिका सदस्य ४७ वर्षीय डिल्ली लामिछानेको निधनप्रति गहिरो दुःख व्यक्त

 पुस १५, २०७२
शोक विज्ञप्ति
 
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पर्वत जिल्ला कार्यसमितिका सदस्य ४७ वर्षीय डिल्ली लामिछानेको गत पुस १२ गते असामयिक निधन भयो । उहाँ नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं पर्वत जिल्लाका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय लामिछाने वि.सं. २०४६ र २०६२–६२ को जनआन्दोलनमा घाइते समेत हुनु भएको थियो । उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् । 
उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँको शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
ऋषिकेश तिवारी
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files