Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 18, 2016
सभापति सुशील कोइरालाको स्वर्गारोहणको तेह्रौं दिन फागुन ९ गते शान्ति बाटिकामा श्रद्धाञ्जली सभाको कार्यक्रम

 फागुन ६, २०७२
प्रेस विज्ञप्ति
 
नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक र निष्ठावान नेता, संक्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानका मुख्य नेता तथा सरल र नैतिक शक्तिले जनताका मनमा स्थापित जनताका लोकप्रिय नेता, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री श्रद्धेय सुशील कोइरालाको स्वर्गारोहणको १३ औँ दिनको पुण्य तिथिमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा आयोजित र उपत्यकाका तीन वटै जिल्ला 
(काठमाडौँ, भक्तपुर र ललितपुर) को सहभागितामा २०७२ फागुन ९ गते काठमाडौँ रत्नपार्क स्थित शान्ति बाटिकामा नेपाली कांग्रेसले दिनको १ः०० बजे श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । 
 
 
प्रदीप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files