Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 24, 2016
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा हालै बेल्जियममा भएको आत्रमणको घटनााप्रति दुःख व्यक्त

 चैत्र ११, २०७२

प्रेस विज्ञप्ति

बेल्जीयमको राजधानी ब्रसेल्स स्थित जाभेन्टम विमानस्थल र मायलविक मेट्रो स्टेशनमा मंगलवार (चैत्र ९ गते) भएको तीनवटा शृखलावद्ध  आत्मघाती वम विष्फोटनमा परि चार दर्जन भन्दा वढि निर्दोष नागरिकहरूको दुःखद निधन भएको र करिव दुर्इ सय पचास जना घार्इते भएको घटनावाट म अत्यन्त दुःखीत भएको छु । यूरोपकै अत्यन्त व्यस्त विमानस्थलका रूपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेशनमा निर्दोष यात्रुहरूलार्इ लक्षित गरि गरिएको आतंककारी हमलाको घटना अत्यन्त निन्दनीय छ । यूरोपियन मुलुकहरूमा एक पछि अर्को यस किसिमको अतंककारी हमलाको पुनरावृत्तिले सम्पूर्ण विश्व समुदायले नै आतंकवादका विरूध्द एकजुट भर्इ शान्तीपूर्ण माध्यमवाट यस किसिमका आतंककारी घटनाहरूलार्इ सदाका लागि अन्त्य गरि भविष्यमा थप मानवीय क्षति हुन नदिनका लागि तत्काल आवश्यक पहल प्रारम्भ गर्न जरूरी भएको मैले महसुस गरेको छु ।

दुःखको यस घडिमा वेल्जीयम सरकार तथा त्यहाँका जनताहरूप्रति मेरो तर्फवाट र मेरो पार्टी नेपाली कांग्रेसका तर्फवाट हार्दिक सहानुभूति प्रकट गर्दछु । आततायी आक्रमणमा परि ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगतहरूको आत्माको चीर शान्तीको कामना गर्दै शोकाकूल परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गर्दछु । साथै, उक्त आक्रमणमा परि घार्इते हुनु भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

शेरवहादुर देउवा

सभापति

Share on Facebook

Attachments#
No files